"आमाघर" मनहरी सम्मान समारोह मातृत्वको ममतालाई अर्पण - सेवा, सम्मान र समर्पणको दिवस
नेपालको मौलिक संस्कृति र मातृत्वप्रतिको गहिरो श्रद्धा बोकेको मातातिर्थ औंसी को अवसरमा, परोपकारी संस्था आमाघर सेवा आश्रम, मनहरीले मातृत्वप्रेम र मानवसेवाको भावना समेटिएको विशेष कार्यक्रम आयोजना गर्न गईरहेको छ ।
स्थान: आमाघर सेवा आश्रम, मनहरी
समय र मिति: २०७८ साल बैशाख १४ गते, साँझ
कार्यक्रमको प्रमुख उद्देश्य,
मातृत्वको प्रतीक स्वरूप समर्पित "आमाघर" मा, जीवनका विविध उतारचढावपछि आश्रय खोज्दै आउनु भएकी आमाहरुलाई स्वाभिमानका साथ आवासिय सेवा प्रदान गर्नु हो । यस भावनाले प्रेरित भई, निजामती सेवा क्षेत्रमा कार्यरत जिम्मेवार महिला कार्यालय प्रमुखज्यूहरूलाई विशेष सम्मान अर्पण गरिनेछ । उनीहरूको सेवा, समर्पण र नेतृत्वप्रतिको योगदानलाई सम्मान गर्दै, समाजमा महिलाको सशक्तिकरण र मातृत्वप्रतिको संवेदनशीलतालाई अझ सशक्त बनाउने यो प्रयास "आमाघर" को स्थायी प्रेरणा हो ।
"जहाँ आमाको आँशु,
माया र मुस्कानको सँगालो हुन्छ
त्यहाँ बन्छ साँचो आश्रम" ।
सादर निमन्त्रणा छ – तपाईंको उपस्थिति, हाम्रो सम्मान ।